कपिलबस्तु-१ बाट रास्वपाका मोहनलाल आचार्य विजयी

काठमाडौँ- कपिलबस्तु-१ बाट रास्वपाका मोहनलाल आचार्य निर्वाचित हुनुभएको छ । उहाँले ३४१४८ मत प्राप्त गर्नुभएको छ। उहाँका निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उमेदवार आशिष शर्माले १५८६० मत प्राप्त गर्नुभएको छ।
५३ वर्षीय मोहनलाल आचार्य संविधान, कानुन तथा मानव अधिकारको क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएको छ।
अनुभवी र परिपक्व नेतृत्वका रूपमा चिनिने आचार्यले मुद्दा उठाउँदा भावनाभन्दा तथ्य र अधिकारलाई प्राथमिकता दिने शैली अपनाउनुहुन्छ।
त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर (Master’s Degree) हासिल गर्नुभएको उहाँसँग नीति, कानुन र शासन–सुधारका विषयमा सुझबुझका साथ काम गर्ने आधार रहेको छ।
नागरिक अधिकार, न्यायमा पहुँच र जवाफदेही शासनलाई व्यवहारमा उतार्ने क्षमता भएको नेतृत्वका रूपमा उहाँलाई हेरिएको छ।।






प्रतिक्रिया राख्नुहोस्