कपिलबस्तु-२ बाट रास्वपाका बिक्रम थापा निर्वाचित

काठमाडौँ- कपिलबस्तु-२ बाट रास्वपाका बिक्रम थापा निर्वाचित हुनुभएको छ । उहाँले २७६३५ मत प्राप्त गर्नुभएको छ। उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सुरेन्द्र राज आचार्यले २१५२७ मत प्राप्त गर्नुभएको छ।

६३ बर्षीय थापा कपिलबस्तु, महाराजगंज नगरपालिका स्थायी बासिन्दा हुनुहुन्छ । विज्ञान संकायमा स्नातक गर्नु भएका उहाँ प्रहरी सेवाबाट अवकास भई काँग्रेसको राजनीतिमा लाग्नु भएको थियो ।

२०७९ मा कांग्रेसबाट लुम्बिनी प्रदेशसभा सदस्यमा कपिलवस्तु–२ (क) मा ५२२ मतले पराजित हुनु भएका उहाँ कांग्रेसबाट टिकट नपाएपछि रास्वपा प्रवेश गरी चुनावी मैदानमा ‍होमिनुभएको थियो ।

पूर्व एसएसपीसमेत रहनु भएका थापा अपराध अनुसन्धानमा अनुभवी मानिनु हुन्छ । अपराध अनुसन्धान, गुण्डागर्दी नियन्त्रण र तराईमा आतंक मच्चाउने भूमिगत समूहलाई निस्तेज पार्ने काममा उल्लखेनीय भुमिका खेलेको थापा सेवा निवृत पछि २०७४ सालमा राजनीतिमा प्रवेश गर्नु भएको हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.