प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी

काठमाडौँ-  एकमात्र निर्वाचन क्षेत्र रहेको प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी हुनुभएको छ। उहाँले २७४६९ मत प्राप्त गर्नुभएको छ। उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डा गोविन्द पोखरेलले १८३३८ मत प्राप्त गर्नुभएको छ ।

प्यूठान नगरपालिका डुम्रीगाउँमा २०५१ सालमा जन्मिनु भएका वैदिक अर्थविद् हुनुहुन्छ ।

उहाँले लन्डन स्कुल अफ इकोनोमिक्स् र नर्वेबाट अर्थशास्त्रमा स्नातकोत्तर गर्नु भएको छ ।

तथ्यमा आधारित बहस र नतिजामुखी आर्थिक योजना बनाउने क्षमता उहाँमा रहेको छ ।

जिल्लामा विभिन्न सामाजिक गतिविधिका अतिरिक्त अर्थ सुधारका राणनीतिक कार्यहरुमा उहाँ सक्रिय हुँदै आउनु भएको छ । वैदिकको यो पहिलो संसदीय यात्रा हो।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.