गोरखाको कनटारमा माइक्रो दुर्घटना, ६ जनाको मृत्यु

काठमाडौँ- मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो दुर्घटना हुँदा६ जनाको मृत्यु भएको छ । आज गोरखाको शहीदलखन गाउँपालिका-३ कनटारमा मनकामनाबाट फर्कंदै गरेको माइक्रो बस सडकबाट करिब २ सय मिटर तल खसेको थियो ।
बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रोमा १४ जना यात्रु रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, घटनास्थलमा ६ जनाको मृत्यु भएको र अन्य ८ जनाको उद्धार गरिएको छ ।
अहिले घटनास्थलमा प्रहरी र स्थानीय उद्धारमा खटिएका छन् ।।






प्रतिक्रिया राख्नुहोस्