सल्यानबाट नेकपाका रमेश कुमार मल्ल विजयी

काठमाडौँ- प्रतिनिधि सभा निर्वाचन अन्तर्गत सल्यानबाट नेकपाका रमेश कुमार मल्ल विजयी हुनुभएको छ । मल्ल २३१८९ मतसहित निर्वाचित हुनुभएको हो । उहाँको निकटतम् प्रतिद्वन्द्वी रास्वपाका ललितकुमार चन्दले २०९०४ मत प्राप्त गर्नुभएको छ ।

विक्रम सम्वत् २०५० सालमा अखिल क्रान्तिकारीमा आवद्ध ४७ बर्षीय रमेशकुमार मल्ल विद्यार्थी राजनीतिबाट उदाएका नेता हुनुनुहुन्छ ।

उहाँ २०७० मा भएको १९औँ सम्मेलनबाट अखिल क्रान्तिकारीको अध्यक्षमा निर्वाचित हुनु भएको थियो ।

मल्ल २०७८ कात्तिकदेखि २०८१ माघसम्म प्रचण्डका प्रमुख स्वकीय सचिव रहनु भएको थियो ।

प्रधानमन्त्री प्रचण्डको पछिल्लो १८ महिने कार्यकालमा मल्ल प्रधानमन्त्रीको सल्लाहकारको रुपमा रहेर भूमिका खेल्नु भएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.