कालिकोटबाट नेकपाका महेन्द्र बहादुर शाही विजयी

काठमाडौँ- प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत कालिकोटबाट नेकपाका महेन्द्र बहादुर शाही निर्वाचित हुनुभएको  छ। उहाँ ११७३४ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका नगीन्द्र शाहीले १०६४७ मत प्राप्त गर्नुभएको छ ।

तत्कालिन नेकपा माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीले २०४८ सालमा नेकपा मसाल एकता केन्द्रबाट राजनीति सुरु गर्नु भएको हो ।

२०५२ सालमा नेकपा (माओवादी)मा भूमिगत राजनीतिमा संलग्न हुनुभएका शाही २०७० सालको संविधान सभा निर्वाचनमा कालिकोट क्षेत्र नम्बर १ बाट निर्वाचित हुनु भएको थियो ।

२०७४ सालको निर्वाचनमा भने कालिकोटको प्रदेश सभा ख बाट निर्वाचित भएर उहाँ कर्णाली प्रदेशको मुख्यमन्त्रीसमेत बन्नुभयो । उहाँ २०७४ फागुनदेखि २०७८ सम्म कर्णाली प्रदेश सरकारमा मुख्यमन्त्री बन्नुभएको थियो ।

२०७९ मा कालिकोटबाटै प्रतिनिधि सभा सदस्यमा निर्वाचित उहाँ ऊर्जामन्त्री पनि हुनुभयो ।

१० वर्षे जनयुद्धमा भूमिगत, जनमुक्ति सेनाको छैटौँ डिभिजन कमाण्डर बनेर उहाँले जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.