सुर्खेत-२ बाट रास्वपाका रमेशकुमार सापकोटा विजयी

काठमाडौँ- प्रतिनिधि सभा निर्वाचन अन्तर्गत सुर्खेत-२ बाट रास्वपाका रमेशकुमार सापकोटा निर्वाचित हुनुभएको छ । उहाँ ३०८२६ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नारायण कुमार कोइरालाले १६३९२ मत प्राप्त गर्नुभएको छ ।

४६ बर्षीय सापकोटा पूर्व काँग्रेस पृष्ठभूमिका नेता हुनुहुन्छ । रास्वपा प्रवेशअघि उहाँ काँग्रेस वीरेन्द्रनगर नगर समितिको सचिव हुनुहुन्थ्यो ।

उहाँ पेशाले यातायात व्यवसायीसमेत हुनुहन्छ । २५ वर्षदेखि सुर्खेत र समग्र कर्णालीको यातायात क्षेत्रमा नेतृत्वदायी भूमिकामा निर्वाह गर्नु भएको थियो।

काँक्रेबिहार यातायात प्रालिको अध्यक्ष तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कर्णाली प्रदेशको संयोजकको जिम्मेवारी सापकोटाले सम्हाल्नु भएको छ ।

१५ मंसिर २०३६ मा साविक सुर्खेतको साटाखानी गाविसमा जन्मिनु भएका सापकोटाले एसएलसीसम्मको अध्ययन पूरा गर्नु भएको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.