बाजुराबाट नेपाली काँग्रेसका जनकराज गिरी निर्वाचित

काठमाडौँ- प्रतिनिधि सभा निर्वाचन अन्तर्गत बाजुराबाट नेपाली काँग्रेसका जनकराज गिरी निर्वाचित हुनुभएको छ। उहाँ १७१७३ मतसहित विजयी हुनुभएको छ। उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका लालबहादुर थापाले १६६३३ मत प्राप्त गर्नुभएको छ ।

६८ वर्षीय जनकराज गिरी बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाका स्थायी बासिन्दा हुनुहुन्छ।

गिरी जिल्लाभर नेपाली कांग्रेसका अनुभवी नेताका रूपमा परिचित हुनुहुन्छ। यो उहाँको पहिलो संसदीय यात्रा भने होइन।
यसअघि उहाँ २०५६ सालमा प्रतिनिधिसभा सदस्य निर्वाचित भई भूमि सुधार तथा सहायक मन्त्रीसमेत भइसक्नुभएको छ ।

२०३८ सालदेखि नेविसंघमार्फत विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएका गिरी जिल्लामा जनतासँग सिधै संवाद राख्ने नेताका रूपमा चिनिनुहुन्छ।

विकासवादी सोच, सादगीपूर्ण जीवनशैलीका नेताका रूपमा पनि उहाँलाई लिइन्छ।

समावेशी न्याय, लोकतान्त्रिक पद्धति र शान्ति प्रक्रियाका विषयमा उहाँ निरन्तर आवाज उठाउँदै आउनु भएको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.