अछाम-२ बाट नेकपा एमालेका यज्ञबहादुर बोगटी विजयी

काठमाडौँ- प्रतिनिधि सभा निर्वाचन अन्तर्गत अछाम-२ बाट नेकपा एमालेका यज्ञबहादुर बोगटी निर्वाचित हुनुभएको छ। उहाँ ९५१८ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका पुष्प बहादुर शाहले ९०४६ मत प्राप्त गर्नुभएको छ ।

५० वर्षीय यज्ञबहादुर बोगटीको यो दोस्रो संसदीय यात्रा हो।

यसअघि उहाँ २०७४ सालमा यही निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भई संघीय संसदमा हुनुहुन्थ्यो।

बोगटीले अनेरास्ववियुबाट आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएको हो।

बहुदलीय व्यवस्था पुनःस्थापनाको आन्दोलन, २०४६ सालको जनआन्दोलन तथा २०६२/०६३ को ऐतिहासिक जनआन्दोलनमा पनि उहाँ सक्रिय रूपमा सहभागी हुनुभएको थियो।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.