कञ्चनपुर-३ बाट रास्वपाका ज्ञानेन्द्र सिंह महता विजयी

काठमाडौँ- तीन वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरको क्षेत्र नं ३ बाट रास्वपाका ज्ञानेन्द्र सिंह महता निर्वाचित हुनुभएको छ । उहाँ २७११८ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका हरि प्रसाद बोहराले ९४४३ मत प्राप्त गर्नुभएको छ ।

कञ्चनपुर–३ का ४० वर्षीय ज्ञानेन्द्र सिंह महताले व्यवस्थापन संकायमा स्नातकोत्तर उत्तीर्ण गर्नुभएको छ। उहाँले वाणिज्य विषयमा मास्टर्स गर्नुका साथै हाल कानुनतर्फ एलएलबी अध्ययनरत हुनुहुन्छ।

मिडिया उद्यमशीलता, रेडियो प्रसारण तथा व्यवस्थापन क्षेत्रमा उहाँको दुई दशकभन्दा बढी अनुभव रहेको छ।

सञ्चार क्षेत्रसँगै प्रशिक्षण, टिम नेतृत्व र संस्थागत व्यवस्थापनमा पनि उहाँ सक्रिय रूपमा काम गर्दै आउनु भएको छ।

हाल उहाँ राष्ट्रिय सूचना केन्द्र कञ्चनपुरका अध्यक्ष तथा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय विभाग सचिवको जिम्मेवारीमा रहनु भएको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.