कैलाली-३ बाट रास्वपाका जगतप्रसाद जोशी विजयी

काठमाडौँ- प्रतिनिधि सभा निर्वाचन अन्तर्गत कैलाली-३ मा रास्वपाका जगत प्रसाद जोशी विजयी हुनुभएको छ। उहाँ २०३५९ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपाका विरमान चौधरीले ११९८३ मत प्राप्त गर्नुभएको छ ।
३९ वर्षीय जगत प्रसाद जोशीको जन्म बझाङको जयपृथ्वी नगरपालिका–२ मा भएको हो। समाजशास्त्र विषय अध्ययन गर्नुभएका उहाँले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर (एमए) गर्नुभएको छ।
जोशी समाजशास्त्री तथा सामाजिक अभियन्ताका रूपमा चिनिनुहुन्छ। उहाँसँग १५ वर्षभन्दा बढी शिक्षण अनुभव रहेको छ भने शिक्षा, योग र सामाजिक सेवाको क्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि निरन्तर सक्रिय रहँदै आउनु भएको छ।
लोकतान्त्रिक आन्दोलनमा पनि उहाँको सक्रिय सहभागिता रहेको थियो।
विशेषगरी २०६२-६३ को जनआन्दोलनमा प्रत्यक्ष सहभागी हुँदा उहाँ घाइतेसमेत हुनुभएको थियो।
राजनीतिक रूपमा पनि उहाँ निरन्तर सक्रिय रहनु भएको छ।
जोशी २०७० सालको संविधानसभा निर्वाचन, २०७४ र २०७९ सालको प्रदेशसभा निर्वाचनमा उम्मेदवार बन्नु भएको थियो। साथै उहाँले जिल्ला अध्यक्षदेखि केन्द्रीय सदस्यसम्म विभिन्न संगठनात्मक जिम्मेवारी सम्हाल्दै नेतृत्व अनुभवसमेत हासिल गर्नुभएको छ।
अनुसन्धान, लेखन तथा सम्पादनमार्फत वैचारिक राजनीतिमा पनि उहाँ सक्रिय रहँदै आउनु भएको छ।।






प्रतिक्रिया राख्नुहोस्