कैलाली-४ बाट रास्वपाका खेमराज कोईराला विजयी

काठमाडौँ- प्रतिनिधि सभा निर्वाचन अन्तर्गत कैलाली-४ बाट रास्वपाका खेमराज कोईराला निर्वाचित हुनुभएको छ । उहाँ २८५५६ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गोरख बहादुर विष्टले ११३०१ मत प्राप्त गर्नुभएको छ ।

कैलाली-४ का ४८ वर्षीय खेमराज कोइरालाले ग्रामीण विकास विषयमा स्नातकोत्तर गर्नुभएको छ। शिक्षा र सामाजिक क्षेत्रमा सक्रिय उहाँ विभिन्न संस्थामार्फत समुदायसँग जोडिएर काम गर्दै आउनु भएको छ।

कोईराला निजी तथा आवासीय विद्यालय संगठन-नेपाल (NPABSON) र लायन्स क्लबमा आबद्ध हुनुहुन्छ। साथै ट्रान्सफर्मेटिभ सोसाइटी अफ नेपालका आजीवन सदस्यसमेत रहनु भएको छ। यी संस्थामार्फत उहाँले नेतृत्व, व्यवस्थापन तथा सामाजिक सेवामा अनुभव हासिल गर्नुभएको छ।

शिक्षा, सेवा र सामाजिक रूपान्तरणको क्षेत्रमा सक्रिय रहँदै आएका कोइरालाले स्थानीय विकासका विषयमा पनि काम गर्दै आउनु भएको छ। प्राकृतिक स्रोत, कृषि र पर्यटनको सम्भावनालाई उपयोग गरी स्थानीय स्तरमा विकासलाई अघि बढाउनुपर्ने उहाँको धारणा रहेको छ।

गौरीगंगा-चौमाला क्षेत्रको मौलिकता र सम्भावनालाई आधार मानेर भुइँ तहमा बसेर काम गर्दै वास्तविक परिवर्तन ल्याउने उद्देश्यसहित उहाँ सामाजिक तथा सार्वजनिक जीवनमा पनि उतिकै सक्रिय रहँदै आउनु भएको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.