कैलाली-५ बाट रास्वपाका आनन्द बहादुर चन्द विजयी

काठमाडौँ- पाँच वटा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिम प्रदेशको एकमात्र जिल्ला कैलालीमा सबै क्षेत्र रास्वपाले जितेको छ । कैलाली-५ बाट रास्वपाका आनन्द बहादुर चन्द विजयी हुनुभएको छ । उहाँ ३१९५३ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नर नारायण शाहले ११९५८ मत प्राप्त गर्नुभएको छ ।
कैलाली–४ का ५० वर्षीय आनन्द बहादुर चन्दको जन्म बैतडीमा भएको हो।
उच्च प्राज्ञिक पृष्ठभूमिका चन्दले त्रिभुवन विश्वविद्यालयबाट एमएससी गर्नुभएको छ भने हाल North Carolina A & T State University सँगको सहकार्यमा पीएचडी गर्दै हुनुहुन्छ ।
स्वास्थ्य नीतिको क्षेत्रमा पनि उहाँ सक्रिय रहनु भएको छ।
विशेषगरी सुर्तीजन्य पदार्थविरुद्ध कडा कानुन लागू गर्न तथा ९० प्रतिशत चित्रसहितको स्वास्थ्य चेतावनी प्रभावकारी बनाउन विश्व मञ्चमा उहाँले वकालत गर्दै आउनु भएको छ।
चन्दले अमेरिकाको जोन्स हप्किन्स ब्लुमबर्ग स्कुल अफ पब्लिक हेल्थबाट ‘ग्लोबल टोबाको कन्ट्रोल लिडरशिप’ सम्बन्धी तालिमसमेत लिनुभएको छ।
उहाँले फ्रान्सको इन्स्टिच्युट माईन्स-टेलिकम बिजनेस स्कुलबाट ‘डिजिटल रूपान्तरण र नवप्रवर्तन व्यवस्थापन’ सम्बन्धी उच्चस्तरीय प्रशिक्षण प्राप्त गर्नुभएको छ।
आधुनिक प्रविधि र नवप्रवर्तनमार्फत देशको विकास अघि बढाउन सक्ने सोच र क्षमतासहित उहाँ सार्वजनिक जीवनमा सक्रिय रहँदै आउनुभएको छ ।।






प्रतिक्रिया राख्नुहोस्