मध्यपूर्वमा समस्यामा परेका नेपालीको उद्धार गर्न एएनओको माग

काठमाडौँ- एशोसियसन अफ नेपाली ओरिजिन (ए.एन.ओ.)को अन्तराष्ट्रिय कमिटीले इरान युद्धको चपेटामा परेका मध्यपुर्वका नेपालीहरुलाई तत्काल उद्धार गर्न नेपाल सरकारको ध्यानार्कषण गरेको छ । विश्वभर छरिएका नेपाली मुलका व्यक्तिहरुको संगठन ए.एन.ओको अन्तराष्ट्रिय प्रतिनिधि मण्डलले आइतबार गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटी ध्यानार्कषण पत्र बुझाएको हो ।

ए.एन.ओका अन्तराष्ट्रिय अध्यक्ष डिल्ली अधिकारी, उपाध्याक्ष सुशिल पन्त, महासचिव चुढामणि भट्टराई, नेपाल च्याप्टर अध्यक्ष कृष्णप्रसाद सापकोटा लगायतको प्रतिनिधि मण्डलले विश्वभर छरिएक तिनपुस्ता भन्दा माथिका नेपाली मुलकाहरुलाई परिचय पत्रको व्यवस्था गर्न एवं त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आगमन कक्षमा बेग्लै डेस्क खडा गर्न समेत माग गरेको छ । साथै पुर्वी नेपालका विभिन्न शिविरमा बाँकी रहेका झण्डै ७ हजार भुटानी शरणार्थीहरुको मानव अधिकार तथा मानविय दृष्टिकोणबाट उचित व्यवस्थापन गर्न माग पनि प्रतिनिधि मण्डलले गरेको छ ।

आफूहरुले नेपाल भन्दा बाहिर नेपाली पहिचानको विस्तारमा सहयोग पुर्याइरहेको बताउँदै ए.एन.ओ.का अध्यक्ष डिल्ली अधिकारीले नेपाल सरकार सहयोगी बनेमा नेपालको बार्षिक बजेट भन्दा ठुलो लगानी नेपालमा ल्याउन सकिने बताउनु भयो । महासचिव चुडामणि भट्टराईले ए.एन.ओ.को माग मुलतः राजनीतिक भन्दा पनि सामाजिक, आर्थिक र सांस्कृतिक पहिचानसँग जोडिएको बताउनुभयो ।

ध्यानाकर्षण पत्र ग्रहण गर्दै गृहमन्त्री अर्यालले ए.एन.ओ.का मागहरु नेपालकै पहिचान विस्तारमा सघाउने प्रकृतिको भएकाले सरोकारवाला निकाय राखेर छिट्टै बृहत वैठक गर्ने र निचोडमा पुग्ने आश्वासन दिनुभयो । उहाँले मध्यपुर्वबाट नेपालीहरु उद्धार गर्ने कार्यमा पनि सरकारले गृहकार्य गरिरहेको खुलाउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.