अर्घाखाँचीमा वन डढेलो नियन्त्रण तथा जोखिम व्यवस्थापनका लागि दस्ता परिचालन

अर्घाखाँची – डिभिजन वन कार्यालय अर्घाखाँचीले वन डढेलो नियन्त्रण तथा जोखिम व्यवस्थापनलाई प्रभावकारी बनाउन “वन डढेलो सचेतना तथा व्यवस्थापन सप्ताह २०८२” सुरु गरेको छ । कार्यक्रममार्फत वन डढेलो नियन्त्रणका लागि योजनाबद्ध परिचालनको तयारी गरिएको जिल्ला बन  कार्यालयले जनाएको छ।

डिभिजन वन कार्यालयले वन डढेलो नियन्त्रणका लागि १२ सदस्यीय वन डढेलो नियन्त्रण दस्ता गठन गरी मिनी दमकलसहित जिल्लाभर परिचालन गर्ने व्यवस्था मिलाइएको वरिष्ठ वन अधिकृत सन्तबहादुर थिङ ले जानकारी दिनुभयो। उहाँका अनुसार उक्त टोली जेठ मसान्तसम्म सक्रिय रहनेछ।

यसै अवसरमा जिल्लाका ६ वटै सब-डिभिजन वन कार्यालयले वन डढेलोसम्बन्धी घटना भएको २४ घण्टाभित्र अनलाइन रिपोर्टिङ गर्ने प्रणाली सुरु गरेका छन्। “वन डढेलो रिपोर्टिङ २०८२/०८३” नामक अनलाइन सिट सञ्चालनमा ल्याइएको सूचना अधिकारी केशव खड्का ले बताउनुभयो।

वरिष्ठ वन अधिकृत थिङले वन डढेलो नियन्त्रण तथा चोरी निकासी नियन्त्रणमा सक्रिय भूमिका खेल्न सबै कर्मचारीलाई निर्देशन दिनुभएको थियो।

कार्यक्रममा सूचना अधिकारी केशव खड्काले वन डढेलो नियन्त्रण दस्ताको गठन, आगामी रणनीति तथा गर्नुपर्ने कार्यबारे जानकारी गराउनुभएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.