पहिलो पटक ज्येष्ठ नागरिकलाई निशुल्क निमोनिया विरुद्धको खोप

रसुवा- रसुवाको गोसाँईकुण्ड गाउँपालिकाले पहिलो पटक गाउँपालिका क्षेत्र भित्र रहेका ज्येष्ठ नागरिकलाई निशुल्क निमोनिया विरुद्धको खोप दिने भएको छ ।
जोखिम उमेर समूहका नागरिकलाई हुन सक्ने निमोनियाको जोखिमबाट बचाउनको लागि गाउँपालिकाले करिब ४५ लाख रुपैँयामा फाईजर कम्पनीकोे खोप खरिद गरी निशुल्क लगाउन लागेको हो ।
जेष्ठ नागरिक प्रतिको गोसाँईकुण्ड गाउपालिकाकोे सम्मानसहित यस बर्ष वडामा दर्ता भएका ७० वर्ष माथिका ज्येष्ठ नागरिकसहित क र ख बर्गका अपाङ्गता भएका नागरिक तथा नेपाल सरकारले तोकको जटिल किसिमका रोगीले यो निःशुल्क निमोनिया विरुद्धको खोप लगाउन पाउने गाउपालिकाका प्रमुख कैसाङनुर्पु तामाङले जानकारी दिनुभयो ।

गोसाँईकुण्ड गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख बिमल घिमिरेका अनुसार छ वटा वडाका सात सय जना ज्येष्ठ नागरिकलाई निशुल्क निमोनिया विरुद्धको खोप दिइने छ ।
निमोनियाको खोपले वृद्ध अवस्थामा चिसोको कारण हुन सक्ने निमोनिया ब्याक्टेरीयाको सङ्क्रमणबाट बचाउने स्वास्थ्यकर्मीहरु बताउँछन ।
यही चैतको ९ गतेबाट १६ गतेसम्म सबै वडाका स्वास्थ्य संस्था लगायत ४३ स्थानमा केन्द्र निर्धारण गरी खोप अभियान संन्चालन गरिनेछ ।
आफैँ खरिद गरेर निशुल्क निमोनिया विरुद्धको खोप दिने गोसाइँकुण्ड देशकै पहिलो गाँउपालिका बनेको छ।।






प्रतिक्रिया राख्नुहोस्