सुदूरको प्रमुख पर्यटकीय स्थल खप्तड क्षेत्रमा हिमपात

डोटी : सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तड क्षेत्रमा हिमपात भएको छ । बिहिवार राती देखि पानी परे पछि खप्तड क्षेत्रमा हिमपात भएको हो । हिउँले खप्तडमा डाँडाकाँडा रमणीय भएका छन् ।

हिमपातका कारण खप्तड क्षेत्रको दृश्य निकै मनोरम भएका कारण यहाँ घुम्न आउने पर्यटकका लागि निकै रमाइलो हुने र पर्यटको संख्यमा समेत बृद्धि भएको खप्तड होमस्टेका संचालक दिपक बहादुर खड्काले बताउनु भयो ।

प्राकृतिक सौन्दर्यताको खानी खप्तडलाई धर्तीको स्वर्गको उपमा समेत दिइएको छ । बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगमस्थलका रुपमा रहेको खप्तडमा २२ वटा घांसे मैदान अर्थात पाटन रहेका छन् ।






प्रतिक्रिया राख्नुहोस्