रसुवामा एम्बुलेन्स प्रयोग चुरोटको तस्करी गर्ने चार जना प्रहरी नियन्त्रणमा

रसुवा-    एम्बुलेन्स प्रयोग गरी चुरोटको तस्करी गरेको अवस्थमा रसुवा प्रहरीले  चार जानालाई नियन्त्रणमा लिएको छ भने करिब ७० लाख ९२ हजार रुपैयाँ बराबरको चिनियाँ चुरोट बरमद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार २०८२ चैत ६ गते साँझ करिब ८ बजे उत्तरगया गाउँपालिका वडा नं. ५ बेत्रावतीस्थित पासाङ ल्हामु राजमार्ग सडकखण्डमा प्रहरी चौकी बेत्रावतीबाट खटिएको प्रहरी टोलीले शंकास्पद रूपमा गुडिरहेको बागमती प्रदेश ०१००२ झ ७४२६ नम्बरको एम्बुलेन्स उक्त चुरोट बरामद गरिएको हो ।
जाँचका क्रममा एम्बुलेन्सभित्र ‘होर्मोनाइजेसन’ लेखिएको ३ हजार ९४० बट्टा चिनियाँ चुरोट फेला परेको प्रहरीले जनाएको छ। उक्त चुरोटको अनुमानित बजार मूल्य ७० लाख ९२ हजार रुपैयाँ रहेको बताइएको छ।
प्रहरीले एम्बुलेन्ससहित चार जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा —रसुवा आमाछोदिङमो गाउँपालिका वडा नं. ३ घर भएका ४३ वर्षीय एम्बुलेन्स चालक दावा नुर्पु तामाङ, सोही गाउँपालिका वडा नं. ५ घर भएका २७ वर्षीय मार्कुस तामाङ,
३२ वर्षीय सुशिल तामाङ,तथा ३६ वर्षीया सुनिता तामाङ रहेका छन्।
प्रहरीका अनुसार एम्बुलेन्सलाई आवरण बनाएर ठूलो परिमाणमा चिनियाँ चुरोट ओसारपसार गर्ने प्रयास गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।
नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.