कपिलवस्तुको महाराजगञ्ज बर्गदवा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जिल्लाको महाराजगञ्ज बर्गदवा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले दिउँसो २ बजेदेखि महाराजगन्जको पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगन्ज चोक, उत्तरमा महाराजगन्ज बजार र दक्षिणमा हर्दौना क्षेत्रमा कुनै पनि किसिमको भेला गर्न, सभा, जुलुश तथा प्रदर्शन गर्न निषेधाज्ञा जारी गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेद्वारा जारी सूचनामा जनाइएको छ ।
अर्को सूचना जारी नभएसम्म निषेधाज्ञा जारी गरिएको जनाएको छ । हिन्दु र मुस्लिम समुदायबीचको विवाद चर्किन नदिन निषेधाज्ञा जारी गरिएको हो । महाराजगन्जको वडा नं २ र ३ को सीमा क्षेत्रमा मुस्लिमको ईद र हिन्दुहरुको नवरात्र मनाउने क्रममा विवाद उत्पन्न भएको थियो । झडपमा प्रहरी र दुवै समुदायका तर्फबाट एक बालकसहित कुल ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्