इँट्टाभट्टाको पर्खाल भत्किँदा एक जनाको मृत्यु, चार जना घाइते

काठमाडौँ- ललितपुर हरिसिद्धीको इँट्टाभट्टाको पर्खाल भत्किँदा एक जना महिलाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।
ललितपुर महानरपालिकाको हरिसिद्धी भन्ने ठाउँमा रहेको होसना इँट्टाभट्टाको पर्खाल भत्किँदा रुकुम घर भएकी ५५ वर्षीया तिल्सरी खड्काको मृत्यु भएको र अन्य चार जाना घाइते भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले नेपाल टेभीअनलाइनलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार घाइते हुनेहरुमा रुकुम नै घर भएकी २७ वर्षीया जानकी चन्द, सल्यानकी २७ वर्षीया शान्ति कुँवर, रोल्पाकी ४६ वर्षीया नन्दकुमारी मगर र दाङकी १९ वर्षीया सुमा कुमाल रहेकाछन् । घाइतेको मेसडसिटी अस्पताल उपाचार भइरहेको छ ।।






प्रतिक्रिया राख्नुहोस्