रौतहटमा असिना र हावाहुरीले अन्नबालीमा ठुलो क्षति

रणधिर साह, रौतहट – बेमौसमी वर्षासँगै आएको असिना र तीव्र हावाहुरीका कारण रौतहटमा अन्नबालीमा व्यापक क्षति पुगेको छ भने जनजीवन समेत प्रभावित बनेको छ।
शुक्रबार साँझदेखि सुरु भएको खराब मौसमका कारण खेतबारीमा लगाइएका गहुँ, मकै, मसुरो, उखु, फलफूल तथा तरकारी बालीमा ठूलो नोक्सानी भएको हो। पाक्ने तयारीमा रहेको गहुँ र घोगा लाग्न लागेको मकै केरा बाली हावाहुरीले ढाल्दा किसानहरू मारमा परेका छन्।
असिना र हावाहुरीले सर्वसाधारणका खपडा तथा टायलले छाएका घरमा समेत क्षति पुर्याएको स्थानीयले बताएका छन्।
स्थानीयहरूका अनुसार यसअघिको हावाहुरीले आंशिक असर गरेको मकै बाली यसपटकको असिना र आँधीले पूर्ण रूपमा नष्ट गरेको छ। उनका अनुसार खेतमा बाँकी रहेको उत्पादनसमेत जोगिन सकेन।
बृन्दावन नगरक्षेत्रमा करिब २०० बिघामा गरिएको मकै खेतीमध्ये अधिकांश नष्ट भएको छ। उक्त क्षेत्रमा मात्रै १ करोड रुपैयाँभन्दा बढी क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
चन्द्रपुर, गुजरा, फतुवा विजयपुर र कटहरिया लगायतका पालिकामा पनि बालीमा ठुलो क्षति पुगेको छ। जिल्लाका १८ वटै स्थानीय तहमा लगाइएका अन्नबालीमा करोडौँ रुपैयाँ बराबरको नोक्सानी भएको अनुमान गरिएको छ।
हाल स्थानीय तह र सम्बन्धित निकायले क्षतिको विवरण सङ्कलन गरिरहेका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जाएका छन्। प्रभावित किसानहरूले राहत र क्षतिपूर्ति दिन सरकारसँग माग गरेका छन्।






प्रतिक्रिया राख्नुहोस्