गर्भवतीलाई कुखुराको भालेसहित पौष्टिक आहार वितरण

अर्घाखाँची- अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ७ ले सुत्केरी र गर्भवती महिलाहरूलाई कुखुराको भालेसहित पौष्टिक आहार वितरण गरेको छ। वडाभित्रका करिब ३७ जना महिलाहरूलाई यो सामग्री प्रदान गरिएको हो।

वडा अध्यक्ष चुरा बहादुर केसीले सुरक्षित मातृत्व कार्यक्रम अन्तर्गत सुत्केरी आमा र शिशुको सुरक्षाका लागि पौष्टिक आहार वितरण गरिएको बताउनुभयो। उहाँले सुत्केरी र गर्भवतीको पोषण तथा स्वास्थ्यको जिम्मेवारी स्थानीय सरकारको रहेको स्पष्ट पार्नुभयो।

खाँचीकोट स्वास्थ्य चौकीबाट सुत्केरी तथा गर्भवतीलाई पौष्टिक आहारसँगै भ्याक्सिन, भिडियो एक्सरे लगायत आधारभूत स्वास्थ्य सेवाहरू समेत प्रदान गर्दै आइरहेको छ।

सेवाग्राही सरिता घिमिरेले स्थानीय सरकारको यो पहलले खुसी लागेको बताउनुभयो। यस्ता कार्यक्रमले सुरक्षित मातृत्वको सन्देश फैलाउन मद्दत पुग्ने विश्वास लिइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.