सुशासन र शासकीय सुधारका सन्दर्भमा नयाँ सरकारसँग सहकार्य गर्छौँ: सभापति थापा

काठमाडौँ- नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले मुलुकमा सुशासन कायम गर्न तथा शासकीय सुधारका सन्दर्भमा अब बन्ने सरकारसँग सहकार्य गर्न पार्टी तयार रहेको बताउनुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा सभापति थापाले २०४६ साल यता सार्वजनिक पदमा बसेका सबै व्यक्तिको सम्पत्ति छानविन गरी अवैध सम्पत्ति जफत गर्नुपर्ने आफ्नो अडान दोहोर्याउनुभयो ।
गत फागुन २१ गतेको निर्वाचनपछि सभापति थापाले पहिलो पटक केन्द्रीय कार्य समितिको बैठकमा सम्बोधन गर्नुभएको हो ।
सभापति थापाले सत्तापक्ष बलियो भएर आएको बेलामा प्रमुख प्रतिपक्षीको भूमिका अझ महत्वपूर्ण हुने भन्दै अबको पाँच वर्ष प्रतिपक्षको तर्फबाट कांग्रेसले जिम्मेवार भुमिका निर्वाह गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो ।
उहाँले आफूले कुनै आवेग वा हतासमा आएर राजनीनामा नदिएको प्रष्ट पार्नुभयो । सभापति थापाले निर्वाचनमा मत नमाग्नेहरुले निर्वाचनको परिणाममा बारेमा राखेको चासो अर्थहीन भएको उल्लेख गर्नुभयो ।।






प्रतिक्रिया राख्नुहोस्