प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीद्वारा पद तथा गोपनीयताको शपथ

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ बाट निर्वाचित सवै भन्दा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ।
शीतल निवासमा आज आयोजित एक समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले ज्येष्ठ सदस्य केसीलाई प्रतिनिधि सभा सदस्य पदको गोपनीयताको शपथग्रहण गराउनु भएको हो ।
केसी नेपाली कांग्रेसबाट समानुपातिकतर्फबाट निर्वाचित सांसद हुनुहुन्छ। केसीले भोलि दिउसो २ बजे प्रतिनिधिसभामा निर्वाचित २७४ सांसदलाई शपथ खुवाउने कार्यक्रम रहेको छ ।






प्रतिक्रिया राख्नुहोस्