रसुवामा कन्टेनर दुर्घटना, दुईजनाको मृत्यु

रसुवा– पासाङ ल्हामु सडक खण्ड अन्तर्गत रसुवाको कालिका गाउँपालिकामा कन्टेनर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

हिजो साँझ भएको दुर्घटनामा परि मृत्यु हुनेहरुमा कन्टेनर चालक कालिका गाउँपालिका वडा नंम्बर एक राम्चेका पासाङ तामाङ र कालिका गाँउपालिका वडा नंम्बर दुई बस्ने २६ वर्षिय पेम्बा छेवाङ थोक्रा रहेको जिल्ला प्रहरि कार्यालय रसुवाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार कालिकास्थानबाट धुन्चेतर्फ जाँदै गरेको खाली कन्टेनर अचानक अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेको थियो ।

गम्भीर घाइते दुबै जनालाई उपचारका लागि त्रिशुली अस्पताल लगिएकोमा उपचारको क्रममा दुबै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.