प्रतिनिधि सभा सदस्यहरूले शपथ लिँदै, शुभेच्छुकहरूको बाक्लो उपस्थितिले सिंहदरबारमा रौनक

काठमाडौँ- प्रतिनिधि सभाका नवनिर्वाचित प्रतिनिधि सभा सदस्यले पद तथा गोपनीयताको शपथ लिदै हुनुहुन्छ ।
निर्माणाधीन संसद भवन सिंहदरबारमा अपराह्न २ बजे शपथ समारोहमा सहभागी प्रतिनिधि सभा सदस्यहरु आउन सुरु भएको छ ।
सहभागी सदस्यहरुलाई निर्धारित समयभन्दा दुई घण्टा अगावै उपस्थित हुन सचिवालयले अनुरोध गरेको थियो । सपथग्रहण समारोहमा नवनिर्वाचित प्रतिनिधिसभाका सदस्यका साथै आफ्नतजनको बाक्लो चहल पहलले हिजो सम्म सुनसान जस्तै देखिने सिंहदरबारन रौनक थपिदिएको छ ।
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य ७८ वर्षीय अर्जुननरसिंह केसीले बुधबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शपथ ग्रहण गर्नुभएको थियो । त्यसपछि आज नवनिर्वाचित सांसदलाई केसीले शपथ ग्रहण दिलाउनुहुने तयारी छ।
नेपालीबाहेक मैथिली, भोजपुरी, नेपाल भाषा, बज्जिका, रानाथारू, थारूलगायतका भाषामा शपथ लिन नवनिर्वाचित सदस्यले सचिवालयलाई जानकारी गराएका छन् । त्यसमध्ये १७ जनाले मैथिली भाषामा शपथ लिदै हुनुहुन्छ ।
शपथ समारोहपछि सांसदहरुलाई संसद् प्रतीक चिह्न, संविधान, नियमावली र सेवा सुविधासम्बन्धी सामग्री उपलब्ध गराइनेछ। सचिवालयका प्रवक्ता एकराम गिरीले निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा शपथ र प्रारम्भिक बैठकका लागि तयारी भइरहेको जानकारी दिनुभयो।
निर्वाचनपछि संसदीय दलको कार्यालय पनि नयाँ सांसद संख्या अनुसार पुनः व्यवस्थापन गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी १८२, नेपाली कांग्रेस ३८, नेकपा (एमाले) २५, नेकपा १७, श्रम संस्कृति पार्टी ७, राष्ट्रिय प्रजातन्त्र पार्टी ५ र स्वतन्त्र १ सांसद निर्वाचित भएका छन्। निर्माणाधीन नयाँ संसद् भवनमा प्रत्येक सांसदको अलग ‘चेम्बर’ व्यवस्था रहने छ।






प्रतिक्रिया राख्नुहोस्