रास्वपा संसदीय दलको नेतामा वरिष्ठ नेता बालेन्द्र शाह चयन

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको नेतामा वरिष्ठ नेता बालेन्द्र शाह चयन हुनु भएको छ ।

रास्वपा  संसदीय दलको बैठकले सर्वसम्मतिमा वरिष्ठ नेता शाहलाई संसदीय दलको नेता चयन गरेको हो ।

सभापति रवि लामिछानेले शाहलाई दलको नेता चयन गर्न राख्नुभएको प्रस्ताव संसदीय दलले सर्वसम्मत रुपमा पारित गरेको थियो।

योसँगै शाहलाई अब प्रधानमन्त्री बन्ने बाटो खुलेको छ ।

रास्वपा संसदीय दलको नेता चयन भएसँगै केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक अब केही बेरमा बस्दै छ ।

केन्द्रीय समितिले संसदीय दलको नेताको रुपमा शाहलाई अनुमोदन गर्नुपर्ने छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.