अध्यक्ष ओलीलाई तत्काल रिहाइ गर्न माग, गिरफ्तारी प्रतिशोधपूर्ण रहेको निश्कर्ष

भदौ २३-२४ को घटना छानविन गर्न बहालवाला न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न

काठमाडौँ- नेकपा एमालेले पूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहा गर्न माग गर्दै आफ्ना अध्यक्ष ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकलाई गरिएको पक्राउलाई राजनीति प्रतिशोध भएको निश्कर्ष निकालेको छ ।

पार्टी बरिष्ठ उपाध्यक्ष राम बहादुर थापा बादलको अध्यक्षामा पार्टी मुख्यालय च्यासलमा आज बसेको सचिवालय  बैठकले ओलीको गिराफ्तारी विरुद्ध कानुनी, सडक र सदनबाट प्रतिवाद गर्ने निर्णय गरेको हो ।

भदौ २३-२४ को घटनाको निष्पक्ष र न्यायिक छानबिनका लागि भन्दै सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न पनि एमालेले माग गरेको छ ।

त्यसैगरी एमाले सचिवालय बैठकले आम जनसमुदाय, नागरिक समाजको दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको पनि बैठकपछि एमाले महासचिव शंकर पोखरेलले जानकारी दिनु भयो ।

पोखरेलले भोलिदेखि पार्टीले र आजदेखि जनबर्गीय संगठनहरु विरोध कार्यक्रम गर्ने पनि जानकारी दिनु भयो ।  बैठकले जिल्लामा भोलि चैत्र १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी कार्यालयमा विरोधपत्र बुझाउने पनि निर्णय गरेको छ।

सबै दलहरूसँग संबाद र सहकार्य गर्ने र नागरिक समाज र आम जनसमुदाय संग सहकार्यका लागि पार्टीले छु्टा छुटै नेताहरुलाई जिम्मेवारी समेत तोकेको छ ।

यसै बीच एमालले जन वर्गीय संगठन युवा संघले पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष ओली लाई प्रतिशोधपूर्ण तथा बदलाभावले गरिएको पक्राउको विरोधमा आज अपराह्न ३ बजे माइतीघरमा जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने बताएको छ ।

 

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.