स्वास्थ्य परीक्षणपछि ओली टिचिङ अस्पताल भर्ना, लेखक प्रहरीको २ नम्बर गणमा

काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीलाई  त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल  भर्ना गरिएको छ ।

सनिवार विहान उहाँलाई पक्राउ गरिएसँगै स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पतालमा पुर्‍याइएकोमा केही स्वास्थ्य परीक्षणको रिपोर्टहरू आधारमा उहाँलाई अस्पाताल भर्ना गरिएको हो ।

अस्पतालमा अहिले उहँको आधारभूत स्वास्थ्य परीक्षणको रिपोटहरुका साथै  र दुई पटक मिर्गौला प्रत्यारोपण गरिएका व्यक्ति र वयोवृद्ध भएका कारणले चिकित्सको निगरानीमै राख्नुपर्ने अवस्था रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

ओली स्वास्थ्य परीक्षणपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना भए पनि आजै बिहान पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखकलाई भने प्रहरीले स्वास्थ्य परीक्षणपछि हिरासतमै फर्काएको छ।

लेखकलाई महाराजगन्जस्थित प्रहरीको २ नम्बर गणमा राखिएको  जिल्ला प्रहरी परिसर काठमाण्डूका प्रवक्ता पवन भट्टराईले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.