पूर्वमन्त्री एवम् नेपाली काँग्रेस नेता खड्का पक्राउ

काठमाडौँ- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले पूर्वमन्त्री खड्कालाई आज बिहान पक्राउ गरेको हो ।
सिआईबीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठले सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि पूर्वमन्त्री खड्कालाई नियन्त्रणमा लिएको नेपालटिभीअनाइलानलाई जानकारी दिनुभयो ।
उहाँलाई उहाँको निवास बुढानीलकण्ठबाट पक्राउ गरिएको र सम्पत्ति शुद्धीकरण मुद्दाको विषयमा उहाँमाथि अनुसन्धान भइरहेको श्रेष्ठले बताउनु भयो ।
भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनमा बुढानिलकण्ठस्थित उहाँको घरमा रकम भेटिएको सम्बन्धभा पनि प्रहरीले अनुसन्धान गरिरहेको थियो ।
यसैबीच गृहमन्त्री गुरुङले पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई गत २४ भदौको आन्दोलनका क्रममा निजको निवासबाट बरामद भएको रकमको अनुसन्धानका सिलसिलामा नियन्त्रणमा लिइएको जानकारी दिनु भएको छ ।





प्रतिक्रिया राख्नुहोस्