ओलीलाई थुनमुक्त गर्नुपर्ने रिटमा पनि अदालतले दियो कारण देखाउ आदेश

काठमाडौँ- सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइको माग गरिएको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमा कारण देखाउ आदेश दिएको छ।

पूर्व प्रधानमन्त्री पत्नी राधिका शाक्यले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश मेघराज पोखरेलको इजलासले कारण देखाउ आदेश जारी गरेको सर्वोच्च अदालतले जनाएको छ ।

भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले गरेको कारबाही सिफारिसका आधारमा भन्दै सरकारले शनिवार बिहानै तत्कालिन प्रधानमन्त्री ओली र  गृहमन्त्री लेखकलाई पक्राउ गरेको थियो।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.