प्रा. डा. जयराज आचार्य ‘दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार’बाट सम्मानित

काठमाडौं – यस वर्ष २०८२ को ‘दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार’ प्रा. डा. जयराज आचार्यलाई प्रदान गरिएको छ ।
अन्तर्राष्ट्रिय सम्बन्ध, परराष्ट्र तथा कूटनीति लगायत नेपाली, अंग्रेजी र संस्कृत वाङ्मयमा पुर्याएको योगदानको मूल्याङ्कन गर्दै उहाँलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
यसअघि विभिन्न वर्षहरूमा १७ जना राष्ट्रिय प्रतिभाले यो पुरस्कार प्राप्त गरिसकेका छन् ।
प्रा. डा. आचार्यलाई नगद ५० हजार रुपैयाँसहित अभिनन्दनपत्र प्रदान गरिएको दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृति केन्द्रका महासचिव कपिलचन्द्र खनालले जानकारी दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्