सरकारी सूचना सरकारी सञ्चार माध्यममा मात्र प्रकाशन-प्रसारण गर्न पत्राचार

काठमाडौँ- सरकारी खर्चमा मितव्ययिता कायम गर्न सरकारले सरकारी सञ्चार माध्यममा मात्र सूचना प्रकाशन-प्रसारण गर्न गराउन निर्देश गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले एक पत्र जारी गर्दै सरकारी खर्चमा मितव्ययिता कायम गर्न, विज्ञापन तथा सूचना प्रकाशन र प्रसारणमा एकरूपता र पारदर्शिता ल्याउन तथा सरकारी स्वामित्वका सञ्चार माध्यमहरूको प्रवर्द्धन गर्ने विषय उल्लेख गरिएका छन।
जसअनुसार अब सबै सार्वजनिक निकायहरूले आफ्नो सूचनाहरू गोरखापत्र संस्थान, रेडियो नेपाल, नेपाल टेलिभिजनजस्ता सरकारी एवम् सरकारी स्वामित्वमा रहेका सञ्चार माध्यममा मात्र प्रकाशन तथा प्रशारणको व्यवस्थापन गर्नुपर्ने उल्लेख छ ।
सोही अनुसार भुक्तानी गर्दा सरकारी वा सार्वजनिक कोषबाट सोझै सम्बन्धित प्रकाशन तथा प्रसारण गर्ने संस्थाको कोषमा जम्मा गर्ने व्यवस्था गर्न पनि भनिएको छ ।।







प्रतिक्रिया राख्नुहोस्