सरकारी निकायमा अनियमितता वा भ्रष्टाचारजन्य कार्य भए कार्यालय प्रमुख नै जिम्मेवार

काठमाडौँ- सरकारी निकायमा कुनै किसिमको अनियमितता वा भ्रष्टाचारजन्य कार्य भएको पाइएमा कार्यालय प्रमुखलाई नै प्रारम्भिक रूपमा जिम्मेवार बनाउने निर्णय भएको छ । मुख्यसचिव सुमनराज अर्यालले बिहीबार परिपत्रमा जारी गर्दै यस्तो ब्यवस्थाको बारेमा जानकारी गराउनु भएको हो ।
भ्रष्टाचारजन्य कार्यलाई प्रभावकारीरूपमा नियन्त्रण गर्ने सन्दर्भमा उक्त कदम चालिएको परिपत्रमा उल्लेख छ ।
‘सरकारी निकायमा कुनै किसिमको अनियमितता वा भ्रष्टाचारजन्य कार्य भएको पाइएमा निकाय/कार्यालय प्रमुखलाई नै प्रारम्भिक रूपमा जिम्मेवार बनाइने भएकोले सोही बमोजिम गर्ने गराउने व्यवस्थाका लागि समेत अनुरोध छ,’ मुख्य सचिव अर्यालले सबै सरकारी कार्यालयको नाममा जारी गरेको परिपत्रमा उल्लेख छ ।







प्रतिक्रिया राख्नुहोस्