सभामुखमा डिपी अर्याल निर्विरोध निर्वाचित

काठमाडौ- प्रतिनिधिसभा सभामुखमा डिपी अर्याल निर्विरोध निर्वाचित हुनु भएको छ । आजको प्रतिनिधि सभाको बैठकमा संविधान सभाका ज्येष्ठ सदस्य एवम् सभाअध्यक्ष अर्जुननरसिंह केसीले सभामुखमा अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गर्नु भएको हो ।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सभामुख पदका लागि सोही दलका सांसद डोलप्रसाद अर्यालको नाम प्रस्ताव गर्नुभएको थियो । प्रस्तुत प्रस्तावको अर्थमन्त्री डा स्वर्णिम वाग्लेले समर्थन गर्नुभयो ।
अर्यालको समर्थनमा सदनमा बोल्दै अर्थमन्त्री वाग्लेले २०४७ सालदेखिका सभामुख दमननाथ ढुङ्गानादेखि हालसम्मका सभामुखको भूमिका र योगदानलाई स्मरण गर्दै संसदलाई जीवन्त र सन्तुलित बनाउन अब निर्वाचिन हुने सभामुख अर्यालले भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।






प्रतिक्रिया राख्नुहोस्