परराष्ट्र मन्त्री खनाल र भारतीय राजदूत श्रीवास्तवविच शिष्टाचार भेट

काठमाडौँ- परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा राजदूत श्रीवास्तवले भारतीय विदेश मन्त्री एस. जयशंकरको तर्फबाट मन्त्री खनाललाई बधाई तथा शुभकामना सन्देश हस्तान्तरण गर्नुभयो ।
भेटका क्रममा नेपाल र भारतबिचको सदियौँ पुरानो सम्बन्धलाई थप सुदृढ बनाउने र द्विपक्षीय हितका विविध विषयमा गहन छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। भेटमा कनेक्टिभिटी, ऊर्जा व्यापार र थाती रहेका विकास आयोजनाहरूका बारेमा संक्षिप्त कुराकानी भएको मन्त्रालयले जनाएको छ।
मन्त्री खनालसँगको भेटवार्तामा नेपाल–भारतका अन्य अधिकारी पनि सहभागी हुनुहुन्थ्यो।






प्रतिक्रिया राख्नुहोस्