हिजो १०५ अङ्कले घटेको नेप्से, आज ८३ अङ्कले बढ्यो

काठमाडौँ- हिजो १०५ अंकले घटेको सेयर बजारमा आज फेरि उच्च अंकको बृद्धि भएको छ । आज नेप्से परिसूचक ८३ दशमलव ३३ अंकले बढेको छ।
बजार बढेसँगै परिसूचक २७६० अंकमा पुगेको छ । आज करिव ११ अर्ब रुपैयाँ बराबरको कारोबार भयो ।
अघिल्लो दिन उच्च अंक बजार घटेपछि आज बिहान स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पदाधिकारीसँग भेटवार्ता गरी अर्थमन्त्री स्वर्णिम वाग्लेले बजारमा फैलिएको अनावश्यक हल्लाको पछि नलाग्न आग्रह गर्नुभएको थियो ।।






प्रतिक्रिया राख्नुहोस्