उपसभामुख पदको निर्वाचन शुक्रबार
काठमाडौँ-: सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ८ बमोजिम प्रतिनिधिसभाका उपसभामुख पदको निर्वाचनको लागि शुक्रबार तोक्नुभएको छ । आज बसको प्रतिनिधिसभाको बैठकमा अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेरसम्बन्धी पत्र पढेर सुनाउनुभयो ।
प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कृषि तथा पशुपंक्षी र वन तथा वातावरणमन्त्री गीता चौधरीले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौँ वार्षिक प्रतिवेदन, २०८२’ पेस गर्नुभएको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुभयो । “वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ प्रस्ताव गर्नुभयो ।
प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार दिउँसो ४ बजे बस्ने गरी आजको बैठक स्थगित भएको छ ।






प्रतिक्रिया राख्नुहोस्