शेरबहादुर देउवा र आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ- पूर्वप्रधानमन्त्री शेरवहादुर देउवा र उहाँकी पत्नी तथा पूर्व परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।
गृह मन्त्रालयको पहलमा सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्न जिल्ला अदालतबाट पक्राउ अनुमति लिइएको हो ।
देउवा दम्पती अहिले विदेशमा छन् ।
जेन-जी आन्दोलनको क्रममा देउवा निवासमा ठूलो मात्रामा नगद रकम पाइएको भन्दै विभिन्न भिडियोहरु सार्वजनिक भएपछि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान अघि बढाएको थियो ।।






प्रतिक्रिया राख्नुहोस्