उपसभामुखमा श्रम संस्कृति पार्टीकी ठाकुरलाई मतदान गर्ने रास्वपाको निर्णय

काठमाडौँ- उपसभामुखको आज हुने निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले श्रम संस्कृति पार्टीकी रूबी कुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ ।
रास्वपाको यो निर्णयसँगै श्रम संस्कृति पार्टीकी रूबी कुमारी ठाकुर उपसभामुख बन्ने निश्चित देखिएको छ ।
सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालय बसेको संसदीय दलको बैठकले उपसभामुखमा ठाकुरलाई मतदन गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिनु भयो ।
उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर र राप्रपाकी सरस्वती लामा उम्मेदवार रहनु भएको छ ।






प्रतिक्रिया राख्नुहोस्