भारतीय विदेशमन्त्री एस जयशंकर र नेपालका परराष्ट्रमन्त्री खनालबीच भेटवार्ता

काठमाडौँ- भारतीय विदेश मन्त्री एस जयशंकर र नेपालका परराष्ट्रमन्त्री शिशिर खनालबीच भेटवार्ता भएको छ ।
आज दिउँसो भएको भेटवार्तामा उहाँहरु बीच विभिन्न क्षेत्रहरूमा गहन सहकार्यमार्फत नेपाल- भारत साझेदारीको पूर्ण सम्भावनालाई साकार पार्ने विषयमा छलफल भएको भारतीय विदेश मन्त्री एस जयशंकरले जानकारी दिनु भएको छ ।
आज दिउँसो नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल @shisirसँग भेटघाट गर्न पाउँदा खुशी लाग्यो। परराष्ट्रमन्त्रीको रूपमा नियुक्त हुनुभएकोमा वहाँलाई हार्दिक बधाई दिएँ।🇮🇳 🇳🇵 विभिन्न क्षेत्रहरूमा गहन सहकार्यमार्फत साझेदारीको पूर्ण सम्भावनालाई साकार पार्ने विषयमा छलफल भयो।
Glad to meet FM Shishir Khanal @shisir of Nepal this afternoon. Congratulated him on his appointment.
Discussed realising the full potential of the 🇮🇳 🇳🇵 partnership by deeper collaboration in different sectors. pic.twitter.com/wKopzovHBi
— Dr. S. Jaishankar (@DrSJaishankar) April 10, 2026






प्रतिक्रिया राख्नुहोस्