राप्रपा भित्र विवाद-महाधिवेशनको मिति घोषणा गर्न महामन्त्री राणापक्षको माग

काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक विवाद सतहमा आएको छ । पार्टीका महामन्त्री धवल शमशेर राणाको नेतृत्वमा आइतबार काठमाडौंमा भएको भेला आयोजना गरी उक्त भेलाले एक साताभित्र महाधिवेशनको मिति घोषणा गर्न माग गरेको छ ।

भेलाले पछिल्लो निर्वाचन परिणाम शर्मनाक रहेको र परिणाम आएको ढेड महिना बितिसक्दा पनि समिक्षा र जिम्मेवारी निर्धारण नहुनु गम्भीर विषय भएको निश्कर्ष निकाले छ । यसले पार्टीभित्र अन्योलता बढाएको र कार्यकर्ता तथा समर्थकमाझ निराशा फैलिएको दाबी गरिएको छ।

त्यसैगरी, मध्यावधि निर्वाचनको सन्दर्भमा उम्मेदवारी चयन र निर्णय प्रक्रियामा विधि, पद्धति र आन्तरिक लोकतन्त्रको पालना नभएको आरोप लगाइएको छ। केन्द्रीय कार्यसमिति र सम्बन्धित निकायहरूलाई प्रभावहीन बनाइएको भेलापछि जारी  विज्ञप्तिमा उल्लेख छ।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.