समुदायको अग्रसरतामा प्रहरी भवन पुन:निर्माण

कास्की- गत भदौको जेन-जी आन्दोलनको क्रममा क्षतीग्रस्त हुन पुगेको पर्यटकीय नगरी पोखरास्थित वडा प्रहरी कार्यालय बगरको पुननिर्माण गरिएको छ ।
सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा बगरको पहल तथा स्थानीय संघसंस्था एवम् व्यक्तिको सहयोगमा कुल ४० लाख २ सय ८० रुपैयाँको लागतमा उक्त भवन पुन:निर्माण सम्पन्न गरिएको हो ।
पुननिर्मित भवनको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायव महानिरीक्षक दिपेन्द्र जिसीको रोहवरमा पुननिर्माण समितिका संयोजक पुरुषोत्तम श्रेष्ठ एवम् सामुदायिक सेवा केन्द्र वगरका अध्यक्ष रामप्रसाद अधिकारीले नेपाल प्रहरीलाई हस्तान्तरण गर्नुभयो ।
संकलित उक्त रकमबाट त्यहाँ कार्यालय भवन, व्यारेक भवन, मेशको पुननिर्माण लगायत प्रहरीका लागि आवश्यक वन्दोवस्तीका सामग्री खरिद गरिएका छन ।
जेनजी समूहको आन्दोलनको क्रममा उक्त प्रहरी कार्यालय आगोलागीसँगै पूर्ण रुपमा क्षति भएको थियो ।।






प्रतिक्रिया राख्नुहोस्