काँग्रेसमा संसदीय दलको नेता छान्न सकस कायमै

काठमाडौँ- नेपाली काँग्रेस संसदीय दलको नेता छनौट प्रकृया आज टुंगिएन । काँग्रेस सांसदहरुको आज बसेको बैठकमा पार्टी संसदीय दलको विधान संशोधन गर्नेगरी तयारी भइरहेकोले भोलि पनि बैठक बस्ने गरी आजको बैठक सकिएको पार्टीका सहमहामन्त्री प्रकाश रसाइलीले जानकारी दिनुभयो ।
काँग्रेसको आजको बैठकमा दलको नेता बन्न इच्छुक सांसदहरुलगायत करिब २५ जना सांसदहरुले आफ्ना भनाइ राख्नुभएको थियो । अधिकांश सांसदहरुले संसदीय दलको नेता छनौट ढिला भएको भनाइ राख्नुभएको थियो ।
पार्टीभित्रका असन्तुष्टीहरुलाई सम्बोधन हुनेगरी छलफल गरेर मात्र दलको नेता टुंग्याउने भन्दै काँग्रेसले आजको बैठक सकेको हो ।
विशेष महाधिवेशनपछि निर्वाचनमा होमिए पनि काँग्रेसभित्र निर्वाचनमा सोचेजस्तो परिणाम नआएपछि विवाद झन चर्किएको छ । पार्टीका विभिन्न पक्षबीच छलफल गरेर पार्टीको संसदीय दलको नेता छान्ने तयारी काँग्रेसले गरेको छ ।।






प्रतिक्रिया राख्नुहोस्