स्थानीय तहको संख्या र सीमा हेरफेरको कानुनी मस्यौदामा सरकारले माग्यो सुझाव

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह तथा वडाको संख्या तथा सीमा हेरफेरबारे कानुनको मस्यौदामा सुझाव माग गरेको छ ।

मन्त्रालयले जिल्ला समन्वय समिति, स्थानीय तह तथा सरोकारवाला निकायलाई परिपत्र गर्दै सुझाव माग गरेको हो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ३, ५, ६, ७ र ८ को व्यवस्थामा सरकारले परिमार्जन गर्न लागेको सूचनामा भनिएको छ ।

गाउँपालिका तथा नगरपालिका, वडाको संख्या तथा सीमाना हेरफेर, गाउँपालिका र नगरपालिका एकआपसमा गाभिने र नगरपालिकाको विद्यमान वर्गीकरणमा पुनरवलोकनको मापदण्डसहित सरकारले प्रारम्भिक मस्यौदा तयार गरेको छ । उक्त मस्यौदामा सरकारले सुझाव माग गरेको हो ।

यस्तो छ सीमा हेरफेरबारे कानुनको मस्यौदा

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.