सुशासन र संविधान कार्यान्वयनको पक्षमा सरकारलाई सघाउँछौँ: सभापति थापा

मोरङ- नेपाली काँग्रेसका सभापति गगन थापाले १५औँ महाधिवेशन सफल बनाउन सबैलाई साथ लिएर अघि बढ्ने बताउनुभएको छ ।

विराटनगरमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले त्यसका लागि सबै साथीहरुसँग आफू संवादमा रहेको उल्लेख गर्नुभयो ।

सभापति थापाले नेपाली कांग्रेस सङ्घीय संसदमा प्रतिपक्षमा रहेपनि सात प्रदेश र स्थानीय निकायमा अग्र स्थानमा रहेकाले पार्टीको काँधमा ठूलो जिम्मेवारी रहेको बताउनुभयो ।

उहाँले पार्टीको केन्द्रीय समितिको निर्णयले वर्तमान सरकारप्रति मुलुकमा सुशासन कायम गर्ने तथा संविधानको कार्यान्वयनलगायत जनतासँग सम्बन्धित विषयमा सहयोग रहने बताउनुभयो ।

काँग्रेस सभापति थापा कोशी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा सहभागी हुन आज विराटनगर जानुभएको हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.