थवाङमा भएको जीप दुर्घटनामा १७ जनाको मृत्यु, १ जना घाइते

काठमाडौँ- रोल्पाको थवाङ गाउँपालिका- १ को  जलजला जाने बाटोमा जीप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । १ जना भने सामान्य घाइते भएका छन ।

रुकुमबाट जलजलामा मेला भर्न गएका यात्रुहरु चढेको जीप दुर्घटनामा परेको थियो ।

जीप सडकबाट करिब ८ सय मिटर तल खसेको घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय थवाङका प्रहरी निरीक्षक रामचन्द्र बगालेले नेपालटिभीअनलाइनलाई जानकारी दिनुभयो । थप उद्दार कार्य भइरहेको पनि उहाँको भनाइ छ ।

पानी परेको हुनाले उद्दार कार्यमा कठिनाइ भइरहेको प्रहरी निरीक्षक बगालेले बताउनुभयो ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.