सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न सुरु गर्छौं: सभापति थापा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जनताले कांग्रेसलाई प्रतिपक्षमा बस्ने स्पष्ट जनादेश दिएकाले पार्टीले आगामी पाँच वर्ष जिम्मेवार, सशक्त र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।
आज १३७औँ विश्व श्रमिक दिवसका अवसरमा ‘लोकतन्त्र, ट्रेड युनियन र मानवअधिकारः समग्र श्रमिकको संवैधानिक अधिकार’ भन्ने नारासहित नेपाल ट्रेड युनियन कांग्रेसद्वारा काठमाडौँमा आयोजित कार्यक्रममा सभापति थापाले कांग्रेस जनादेशअनुसार अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।
सभापति थापाले सरकार बहुमतको दम्बमा चलेको भन्दै आफ्नो मौनतालाई कमजोरी नमान्न सरकारलाई चुनौति पनि दिनुभयो । उहाँले सुकुम्बासीको समस्या संविधानको दायराभित्र बसेर गर्नुपर्ने उल्लेख गर्नुभयो । साथै सरकारले अध्यादेशमार्फत देश चलाउन खोज्नु गलत भएको बताउनुभयो ।
    लोकतान्त्रिक मूल्य, मान्यताअनुरूप संसदीय प्रणालीभित्रै रहेर कांग्रेसले प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्ने उहाँले स्पष्ट पार्नुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.