बढ्यो नेप्से, कारोबार रकममा पनि सुधार

काठमाडौँ- आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेको छ । साताको अन्तिम कारोबार दिन आज नेप्से २७.४९ अङ्कले बढेको हो । यो बृद्धिसँगै नेप्से २७४५ दशमलव ६५ विन्दुमा पुगेर बन्द भएको छ ।

हिजोको भन्दा आज कारोबार रकम पनि बढेको  छ। आज ३ अर्ब २८ करोड भन्दा धेरै रकमको कारोबार भएको छ ।

दिनभरिमा ३३५ कम्पनीका ७४ लाख ७८ हजार ५६२ कित्ता सेयर ५३ हजार १४ पटक किनबेच हुँदा कुल ३ अर्ब २८ करोड ६८ लाख ७० हजार ५५९ रुपैयाँ बराबरको कारोबार भएको हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.