प्रस्तावित प्रधानन्यायाधीश शर्मा विरुद्ध उजुरीको आह्वान
काठमाडौँ- संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ प्रक्रिया आजबाट सुरु गरेको छ ।
हिजो मात्र संवैधानिक परिषदले प्रधानन्यायाधीशमा शर्मालाई सिफारिस गरेसँगै आज सुनुवाइ समितिको बैठक बसेको हो ।
सुनुवाई समितिको आज बसेको बैठकले प्रक्रिया अघि बढाउने क्रममा प्रस्तावित प्रधानन्यायाधीश शर्मा विरुद्ध उजुरी दिन आह्वान गरेको छ ।
प्रस्तावित प्रधान न्यायाधीशको सुनुवाइका लागि १० दिनको समय दिएर उजुरी आह्वान गरिएको समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी दिनुभयो ।।






प्रतिक्रिया राख्नुहोस्